फिटनेस पारखिहरुको निम्ति खुसीको खबर खोलियो अत्याधुनिक सेन्टर

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 14, 2024 14-Feb-2024, Wed
2 Min Read
Aa
rajani shrestha

फिटनेस पारखिहरुको निम्ति अत्यन्तै खुसीको खबर, ललितपुरको चांगाथली बस पार्कमा अत्याधुनिक ए.एल. फिटनेस सेन्टर अन्तराष्ट्रिय बडीबिल्डिङ खेलाडी गोल्ड मेडलिस्ट रजनी श्रेष्ठको हातबाट उद्घाटन गरिएको छ । अन्तराष्ट्रिय खेलाडी रजनी श्रेष्टले आज भोलि शारीरिक ब्यायम अथवा फिटनेस अपरिहार्य बन्दै गएको बताएका छन् । शारीरिक ब्यायमले धेरै रोगहरु निको पार्ने पनि उनले दाबी गरेका छन् ।

उक्त फिटनेस सेन्टरमा नेपालमा बिरलै पाइने के पावरको अत्याधुनिक मेसिनहरु जडान गरिएको छ । सुरुवाती क्रममै धेरै आमा बुवा, महिला, युवा युवतीहरु आकर्सित भएका छन् । फिटनेस सेन्टरकी संचालिका लिला कुमारी घले गुरुङले आफुले धेरै ठाउँमा लामो समय लगाएर अनुभब बटुली यो फिटनेस सेन्टर खोलेको बताएकी छिन । उनको फिटनेस सेन्टरमा जुम्बा, जिम, डान्स लगायत सबै प्रकारको फिटनेसको निम्ति आवस्यक विधाहरु रहेको छ ।

अत्याधुनिक नयाँ मेसिनहरुको साथमा अन्य फिटनेस सेन्टरहरुको भन्दा धेरै सस्तो शुल्कमा जिम, जुम्बा, डान्स गर्न सकिने उनले दाबी गरेकी छिन ।

उनको फिटनेस सेन्टरमा ६३ बर्षको आमा देखि सुगर, प्रेसर, युरिक एसिड भएका महिलाहरु आउने गरेका छन् र उनीहरुले सुगर, प्रेसर र युरिक एसिड निको भएको बताएका छन् । उनले बिसाल भवनको तीन वटा तलामा पहिलोमा जिम, दोस्रोमा कार्डियो सेसन र जुम्बा हल राखेकी छिन भने तेस्रो तलामा लेडीज जेन्सको छुट्टा छुट्टै चेन्जिङ अथवा चिसो तातो पानी सहितको नुहाउने रुम साथै क्याफे अनि सोना स्टिम पनि राखेकी छिन ।

ए.एल. फिटनेस सेन्टरमा जानको निम्ति ग्वार्खु, कृष्ण मन्दिर, साना गाउँको भाटभटेनी, डोन बस्को पुल हुदै चांगाथली गेट प्रवेस गरी चांगाथली बसपार्क नजिकै रहेको बिसाल ए. एल. भवनमा सजिलै पुग्न सकिन्छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja