नेपाल प्रहरीका चार असई सहित २३ कर्मचारी सम्पर्क बिहिन

सम्बादाता
सम्बादाता १३ चैत्र २०८०, मंगलवार 26-Mar-2024, Tue
1 Min Read
Aa
nepal police logo

नेपाल प्रहरीका चार असई (प्रहरी सहायक निरिक्षक) सहित २३ कर्मचारी सम्पर्क बिहिन भएका छन् ।

स्रोतका अनुसार नेपाल प्रहरी प्रधान कार्यालयले सुचना जारि गरेर खोजि गर्दा पनि सम्पर्क हुन नसकेको जनाइएको छ ।

जानकारी अनुसार नेपाल प्रहरी प्रधान कार्यालयले सुचना जारि गर्दै सम्पर्कमा नआएका कर्मचारीलाई सात दिनभित्र चित्त बुझ्दो स्पस्टिकरणसहित उपस्थित हुन भनेको छ ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा आवश्यक कारबाही गरिने सूचनामा उल्लेख छ ।

सम्बादाता

प्रतिक्रिया दिनुहोस्

Array
x