राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र केन्द्रीय समितिको बैठक बस्ने भएको छ।
पार्टी सचिवालयका अनुसार, शनिबार दिउँसो ३ बजे सचिवालयको भर्चुअल बैठक बस्नेछ भने त्यसपछिको एक घण्टापछि, अर्थात् ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक हुने छ।
शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामै राख्न आदेश दिएपछि आकस्मिक रूपमा भर्चुअल बैठक आह्वान गरिएको हो।
यसैबीच, रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने तय भएको छ। उक्त बैठक दिउँसो २ बजे पार्टी कार्यालयमा आयोजना गरिनेछ।


















प्रतिक्रिया दिनुहोस्