प्रधानमन्त्री ओली: गृहमन्त्रीको राजीनामा माग गर्नु निहुँ खोज्ने कार्य हो

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 31, 2025 31-May-2025, Sat
1 Min Read
Aa
kp ba

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु प्रतिपक्षी दलको अनुचित र आधारहीन माग भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘हाफ म्याराथुन’ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्रीमाथि कुनै आरोप नलागेको र छानबिनसमेत नथालेको अवस्थामा राजीनामाको माग गर्नु केवल सदन अवरोध गर्ने निहुँ भएको बताए।

प्रधानमन्त्री ओलीले भने, “गृह मन्त्रालयमा धेरै कर्मचारी छन्। तीमध्ये एक जनालाई अख्तियारले बोलायो, तर बयान लिएको पनि थाहा छैन। यस्तो अवस्थामा मन्त्रीको राजीनामा माग्नु उपयुक्त होइन।”

उनले पूर्व गृहमन्त्रीको प्रसंग उल्लेख गर्दै भने, “पोहोर मन्त्रीमाथि सिआइबीले छानबिन गरिरहेको थियो, त्यसैले राजीनामाको माग केही हदसम्म उचित थियो। तर अहिलेको अवस्थामा त्यस्तो केही छैन।”

प्रधानमन्त्री ओलीले विपक्षी दलले सरकारप्रति पूर्वाग्रही रवैया अपनाएको टिप्पणी गरे। उनले विपक्षीको मागलाई “बच्चाको खेलौनाजस्तो माग” भन्दै व्यङ्ग्य गरे।

यसै अवसरमा उनले सरकारको बजेट व्यावहारिक र यथार्थपरक भएको बताउँदै पपुलिष्ट नबनिने प्रतिबद्धता जनाए। “गत वर्षजस्तो आधारबिहीन योजना र राजस्व प्रक्षेपण हामी गर्दैनौं,” उनले स्पष्ट पारे।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja