आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 28, 2022 28-Apr-2022, Thu
1 Min Read
Aa

काठमाडौं । निर्वाचन आयोगले आज बिहीबार स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ ।यही बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नाममा परेका दाबी विरोध तथा उजुरीको जाँचबुझ गरी बिहीबार साँझ अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो भने उजुरी जाँचबुझका लागि बुधबार एक दिन छुट्याइएको थियो ।बिहीबार साँझ नामावली प्रकाशन गरेपछि उम्मेदवारी फिर्ताका लागि शुक्रबार एक दिन दिइने छ । शनिबार आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् । जसमा प्रदेशगत रुपमा मधेश प्रदेशमा सबैभन्दा बढी उम्मेदवार रहेका छन् भने सवैभन्दा कम उम्मेदवार सुदूरपश्चिममा रहेका छन् । यस्तै पार्टीगत रुपमा नेकपा एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी परेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja