विजुली बेच्न टेण्डर आह्वान

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 6, 2022 06-May-2022, Fri
1 Min Read
Aa

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा विजुली बेच्नका लागि भारतीय कम्पनीहरुबाट टेन्डर मागेको छ ।आज (शुक्रबार) सार्वजनिक सूचना मार्फत टेण्डर आह्वान गर्दै प्राधिकरणले वर्षायाममा खेर जाने २ सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुबाट प्रस्ताव माग गरेको हो । मध्य असारदेखि कात्तिक आखिरीसम्म उक्त विजुली बेच्न सकिने प्राधिकराणको प्रस्तावमा उल्लेख गरिएकाे छ। भारतको केन्द्रिय विद्युत नियमन आयोगबाट विद्युत व्यापारका लागि अनुमति प्राप्त कम्पनीहरुले उक्त प्रस्तावमा सहभागी हुन पाउनेछन।

भारतले गत महिना नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका ६ वटा विभिन्न जलविद्युत आयोजनाहरुकाट उत्पादित ३ सय ६४ मेगावाट विजुली भारतीय कम्पनीहरुले खरिद गर्नसक्ने अनुमति दिएको छ । कम्पनीले कम्तिमा ५० मेगावाटका लागि प्रस्ताव हाल्नु पर्ने छ भने बोलकबोल पद्धतीमा जसले बढी मूल्य प्रस्ताव गर्छ उसैसंग सम्झौता हुने प्राधिकरणले जनाएको छ ।आगामी जुलाई १ तारिखदेखि विजुली बिक्री गर्ने गरी प्रक्रिया अघि बढाइएको साे प्रस्तावमा उल्लेख गरिएकाे छ ।साभार ईमेज खबर

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja