हर्क साम्पाङले आफु मेयर भए देखि यता १०० दिनमा गरेका कार्यहरु सार्बजनिक गरेका छन् । आफुलाई कसैले तैँले अहिले सम्म के गरिस ? भनेर प्रश्न सोध्नेहरुलाई जवाफ दिन उनले आफुले १०० दिनसम्म गरेका कार्यहरु सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
उनले यस प्रकार आफ्नो १०० दिन सम्म गरेका कार्यहरु सार्वजनिक गरेका छन्, हर्क सम्पांग भन्छन् –
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
४. ६ लाख विरुवा रोपें !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !


















प्रतिक्रिया दिनुहोस्