अल्फाबिटा कम्प्लेसले बनाएको अबैध संरचनामा मेयर बालेनद्र शाहले डोजर चलाए

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 25, 2022 25-Aug-2022, Thu
1 Min Read
Aa
alfa bita

महानगर भित्र अनधिकृत संरचना हटाउन मेयर बालेन आफै फिल्डमा खटीदै आएका छन् ।उनले सो अभियान आघि बढाउन बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए ।

उनले अल्फाबिटामा पुगेर त्यहाको अवैध संरचना हटाउन आग्रह गर्दा अल्फाबिटाका घरधनीले उल्टै बलेनसंग सवाल जवाफ गर्न थाले ।

मेयर बालेनले अल्फाबिटाको नक्शा देखाउनु भनेर माग गर्दा उल्टै बलेनलाई महानगरमा हुनु पर्ने बताए र केहि बेर विवाद भयो ।

विवादपछि मेयर बालेन आफिस फर्किए र अल्फाबिटा भएको घरको नक्शा सहित उनि डोजर लिएर फर्किए ।

अनुगमन गर्दा अल्फाबिटाले भवनको अगाडिको भागमा पार्किङ स्थलको साटो सटर निकालेर फार्मेसी सञ्चालन गरेको प्रमाण सहित उनि डोजर लिएर पुगे ।

अल्फाबिटाका प्रतिनिधिले गल्ति स्वीकार गर्दै माफ माग्दै केहि केहि दिनको समय मागे तर महानगरको टोलिले अबैध रुपमा बनाएको सटरमा भएको फार्मेसी खालि गर्न लगाउदै डोजर चलाए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja