गृहमन्त्रालयले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ ।
स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यलयले भदौ २६ मा सूचना प्रकासन गर्ने छ र भदौ ३० देखि असोज ६ सम्म आवेदन फर्म खुल्ने छ ।
कार्यविधि अनुसार असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया हुने , तसर्थ नतिजा प्रकासन चाहिँ असोज २५ मा गरिने छ । म्यादी प्रहरीको कार्यविधि ४० दिनको हुने छ ।
स्वीकृत कार्यविधि अनुसार गत बैसाखमा भएको स्थानीय निर्वाचनमा खटेका म्यादी प्रहरीहरुलाई पहिलो प्राथमिकता दिने र गत निर्वाचनमा खटिदा राम्रो रेकर्ड भएकाहरुलाई तालिम र परिक्षामा पनि सहुलियत पाउने छन् ।


















प्रतिक्रिया दिनुहोस्