म्यानमारमा सेनाको हेलिकप्टरबाट एक बिद्यालयमा गोलि चलाउदा १३ जना बालबालिकाको मृत्यु भएको छ ।जानकारी अनुसार मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको एक विद्यालयमा सेनाले गोलि चलाएको हो ।
प्राप्त जानकारी अनुसार विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरेकाले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ ।
स्रोतका अनुसार सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएको पाइन्छ । उक्त आन्दोलनका गतिबिधिलाई दबाउन सेनाले घातक बल प्रयोग गरेको पाइन्छ ।
जानकारी अनुसार आक्रमणमा परि केहि बालबालिकाको उपचारको क्रममा मृत्यु भएको थियो भने केहि बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।


















प्रतिक्रिया दिनुहोस्