ईरानमा सबैभन्दा ठुलो सरकार बिरोधि प्रदर्शन

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 25, 2022 25-Sep-2022, Sun
1 Min Read
Aa
ईरानमा प्रदर्शन

सन् २००९ देखि यता यस बिरोध प्रदर्शन ईरानमा सबै भन्दा ठुलो भएको मानिएको छ । यस प्रदर्शनमा सबै भन्दा ठुलो संख्यामा महिलाको सामेल छ ।

प्रदर्शनकारीहरुले महिलाहरुको लागि सार्वजनिक स्थानमा टाउको ढाक्नु पर्ने र खुकुलो कपडा कपडा लगाउनुपर्ने नियमको बिरोध गरिरहेका छन् ।

प्रदर्शनको क्रममा कम्तिमा ५० भन्दा बढीको मृत्यु भएको र पत्रकार सहित सैयौ पक्राउ परेको स्रोतले जानकारी दिएको छ ।

बिबिसीले जानकारी दिए अनुसार ईरानका अधिकारिहरु दमनमा उत्रिएको कारण धेरै स्थानमा सुरक्षाकर्मीले प्रदर्शनकारीहरूमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको, लाठीले पिटेको र सरकारले मोबाइल तथा इन्टरनेट सेवा नै अवरुद्ध गर्ने कदम चालेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja