स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार कोरोनाको एक्सबिबी सब-भेरियन्ट नेपालमा पहिलो पटक पहिचान भएको छ ।
मन्त्रालयले जानकारी दिए अनुसार साउन २१ देखि आश्विन १४ सम्म कोभिड-१९ को बिभिन्न उमेर समुहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी केहि नमुनाहरुको जिनोमिक पहिचान गर्दा ओम्रिकोनको सब-भेरीयान्ट एक्सबिबी पहिचान भएको हो ।
थप जानकारी सहित मन्त्रालयले दिपावली तथा छठ जस्ता चाडबाडको समयमा जमघट बडी हुने भएकाले कोभिड-१९ तिब्र गतिमा फैलिने सम्भावना भएको हुदा माक्सको प्रयोग गर्ने , भौतिक दुरी कायम गर्ने, बेलाबेला साबुन पानीले हात धुने गर्न गर्न विनम्र अनुरोध गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्