बलात्कार आरोपमा प्रहरी हिरासतमा बसेका निलम्बित कप्तान सन्दिप लामिछाने विरुद्ध आज सोमबार मुद्दा दर्ता हुने तैयारी भएको छ । बलात्कार अभियोगमा उनलाई १० देखि १२ वर्ष सम्म कैद सजाय माग गर्दै मुद्दा दर्ता गर्ने तैयारी भएको स्रोतले बताएको छ ।
एक सत्रवर्षीय नाबालिका माथि बलात्कार गरेको आरोपमा उनि पक्राउ परेका थिए । असोज २० गते सन्दिप विदेशबाट फर्कदै गर्दा उनलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।
उनि विरुद्ध तिन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो । जबर्जस्ती करणीमा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र अनुसन्धान गर्न पाउछ तर दशैँ, तिहार र छटको एक साता भन्दा लामो बिदाले गर्दा उनि २५ दिन भन्दा लामो समयसम्म प्रहरी हिरासतमा बिताएका थिए ।

















प्रतिक्रिया दिनुहोस्