साफ यु-१५ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भुटान संग खेल्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 3, 2022 03-Nov-2022, Thu
1 Min Read
Aa
साफ यु-१५

बंगलादेशमा जारि साफ यु-१५ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भुटान संग सामना गर्दै छ । खेल नेपाली समय अनुसार दिउसो सवा ४ बजे ढाकाको बीएसएसएसएमके स्टेडियममा हुने भएको छ ।

यस प्रतियोगितामा तिन टिममात्र सहभागी भएका छन् । जसमा नेपाल, भुटान र बंगलादेश रहेका छन् । प्रतियोगितामा तिन टिमले डबल राउण्ड रोविन लिगका आधारमा खेल्ने छन् र धेरै अंक जोड्ने शिर्ष टिम बिजेता हुने छ ।

भुटानले आफ्नो पहिलो खेल बंगलादेश संग ८-० ले हारेको छ भने नेपालले आफ्नो सुरुवाती खेलमा राम्रो प्रदर्शन गर्ने योजना राखेको छ । त्यस पश्चात नेपालले दोस्रो खेल नोभेम्बर ५ मा बंगलादेश संग, तेस्रो खेल नोभेम्बर ९ मा भुटान संग र अन्तिम खेल पुन: बंगलादेश संग नोभेम्ब ११ मा खेल्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja