डोटीमा गएराति गएको भूकम्पपछि सुदूरपश्चिम नेपालमा दुई सयभन्दा बढी परकम्प गएका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 9, 2022 09-Nov-2022, Wed
1 Min Read
Aa
सुदुरपश्चिममा भुकम्प

भुकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिए अनुसार दिउसो १ बजे सम्म डोटीमा गएराति गएको भूकम्पपछि सुदूरपश्चिम नेपालमा दुई सयभन्दा बढी परकम्प गएका छन् ।

स्रोतका अनुसार लगातार एकै स्थानमा केन्द्रबिन्दु बनाएर तिन ठुला भुकम्प गैसकेका छन् । मंगलबार राति ९ बजेर ७ मिनेटमा ५ दशमलब ७ र राति ९ बजेर ५३ मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको भुकम्प गेको थियो ।

साथै बुधबार बिहान २ बजेर १२ मिनेटमा खाप्ताड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६ दशमलब ६ रेक्टर स्केलको भुकम्प गएको स्रोतले बताएको छ । ति बाहेक ४ रेक्टर स्केल मुनिका पराकम्प दुइ सयबडी गैसकेको छ ।

भुकम्पका कारण डोटीको पूर्वीचौरीमा घर भात्किदा ६ जनाको मृत्यु भएको छ । बैतडीमा केहि घरहरुमा क्षेति पुगेको र उक्त भूकम्पको धक्का सुदुरपश्चिम सबै जिल्लामा महसुस भएको कारण सतर्क रहन भुकम्प मापन केन्द्रले सबैलै आग्रह गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja