टेलिभिजन कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता बियर ग्रिल्स नेपाल आउनुको रहस्य खुल्लासा भएको छ । बेलायती अखबार देलिमेलले यस कुरालाई दाबी गरेको छ ।
स्रोतका अनुसार बियर ग्रिल्स सगरमाथा आरोहणमा हराएका माइकल म्याथ्यूको शव भेटिने आशामा नेपाल आएको बताइएको छ । म्याथ्यु बेलायतकी राजकुमारी केट मिडलटनकी बहिनीका देवर हुन् ।
सन् १९९९मा म्याथ्युको २२ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर फर्किएको बेला मृत्यु भएको थियो । उनले त्यसबेला सगरमाथा आरोहण गर्ने बेलायतका कान्छा आरोहीको रेकर्ड स्थापित गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्