वैदेशिक रोजगारमा गई अलपत्र परेका ७ नेपाली कामदारको उद्दार

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 11, 2022 11-Nov-2022, Fri
1 Min Read
Aa
कुवेत

वैदेशिक रोजगारका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारको उद्दार भएको छ । अलपत्र परेका उनिहरुको उद्दार धर्म ओवर्सिज प्रालि र संचारकर्मी जीवन शर्माको पहलमा स्वदेश फ़र्काइएको हो ।

धर्म ओभर्सिजले जानकारी दिए अनुसार नेपालबाट कामदार भिसामा गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टा कम लगाउने साथै २ महिनाको तलब पनि नदिएको पाइएको छ ।

सम्झौता अनुसार तलब,सेवा अनि सुविधा नदिए पछि उनीहरुले कुवेस्थित रोजगारदाता कम्पनि ग्लोबल टाइम्स कुवेत र नेपाली दुतावासमा पटक पटक ताकेता गर्दापनि केहि पर नलागेको ओभरसिजले जनाएको छ ।

उद्दार भएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी हुन् ।  

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja