इतिहासमा पहिलो पटक नेपालले आइसीसी विश्वकप आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले जानकारी दिए अनुसार २०२७को आइसीसी यु-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) बोर्डले २०२४ को आइसीसी यु-१९ पुरुष विश्वकप श्रीलंकामा गर्ने भएको छ । त्यस्तै २०२५मा मलेसिया र थाईल्याण्डले यु-१९ महिला विश्वकप आयोजना गर्ने भएको र २०२६को पुरुष यु-१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने भएका छन् ।
बोर्डले आइतबार बसेको बैठकले २०२४ देखि २०२७ सम्मको यु-१९ विश्वकपको आयोजकको टुंगो लगाइसकेको छ ।


















प्रतिक्रिया दिनुहोस्