कतारमा जारि फिफा विश्वकप अन्तर्गत आज समूह ‘ई’ र ‘एफ’ बाट अन्तिम १६ मा जाने टोलिको निर्णय हुने छ । गए राति भएको खेलबाट समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्याण्ड अन्तिम १६ मा पुगेकाछन् भने समूह ‘डी’ बाट फ्रान्स र अस्ट्रेलिया पुगेका छन् ।
आज हुने पहिलो दुई खेल समूह ‘अफ’बाट क्रोएसिया र बेल्जियम बीच एक खेल र अर्को खेल क्यानाडा र मोरोक्को बीच नेपाली समय अनुसार ८:४५ बजे हुने छ । दोस्रो दुई खेल भने समूह ‘ई’बाट जापान र स्पेन बीच एक खेल र अर्को खेल कोस्टारिका र जर्मनी बीच राति १२:४५ बजे खेल हुने छ ।
यस संगै अन्तिम १६ मा समूह ‘सी’ विजेता अर्जेन्टिनाले समूह ‘डी’को दोस्रो स्थानमा रहेको अस्ट्रेलिया संग शनिबार राति १२:४५ बजे खेल खेल्ने छ । त्यस्तै समूह ‘डी’ का विजेता फ्रान्सले समूह ‘सी’का दोस्रो स्थानमा रहेका पोल्याण्ड संग आइतबार राति ८:४५ बजे खेल खेल्ने छ ।


















प्रतिक्रिया दिनुहोस्