भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा (कतार) र क्वालालम्पुर (मलेशिया) बीच सिधा उडान

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 5, 2022 05-Dec-2022, Mon
1 Min Read
Aa
nepal airlines

नेपालको राष्ट्रिय नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा (कतार) र क्वालालम्पुर (मलेशिया) बीच सिधा उडान गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निगमलाई जनवरी ४ बाट ती दुई गन्तव्यमा उडान गर्न अनुमति दिएको छ । स्रोतका अनुसार दोहा र क्वालालम्पुरबाट भैरहवाका लागि उडान तालिका स्वीकृत भएको हो ।

जानकारी अनुसार निगमले साताको दुई दिन (आइतबार र मंगलबार) काठमाडौं–दोहा–भैरहवा–काठमाडौँ र क्वालालम्पुरदेखि भैरहवासम्म हप्ताको एक दिन उडान गर्नेछ ।

यसैबीच, निगमले नयाँ दिल्ली (भारत) सम्म साप्ताहिक १४ उडान गर्नेछ । यसअघि काटिएका दिल्लीका सबै उडान हुने गरी तालिका पुनः स्वीकृत गरिएको निगमले जनाएको छ । निगमले काठमाडौं र दिल्ली बीच दैनिक दुई उडान गर्ने जानकारी प्राप्त भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja