कतारमा जारि विश्वकप अन्तर्गत आज नकआउट चरणको आज अन्तिम खेल मोरोक्को र स्पेनबीच एक खेल र पोर्चुगल र स्विजरल्याण्डबीच अर्को खेल हुने छ ।
गए राति भएको खेलमा दुई एसियाली राष्ट्रले हार बेहोरेसंगै एसियाली राष्ट्रको यात्रा सकिएको छ । आज हुने पहिलो खेल मोरोक्को र स्पेनबीच नेपाली समय अनुसार राति ८:४५ बजे हुने छ । साथै पोर्चुगल र स्विजरल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुने छ ।
नकआउट चरण सकिए संगै डिसेम्बर ९ देखि क्वाटरफाइनल खेल सुरु हुने छ । क्वाटरफाइनलको पहिलो खेल क्रोएसिया र ब्राजिलबीच हुने भएको छ ।


















प्रतिक्रिया दिनुहोस्