बेल्जियमका कप्तान हाजार्डले विश्वकपको विनाशकारी अभियानपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 7, 2022 07-Dec-2022, Wed
1 Min Read
Aa
इडेन हाजार्ड

कतारमा जारी विश्वकपबाट बेल्जियम समयअघि बाहिरिएपछि इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेल्जियमका प्लेमेकर इडेन हाजार्डले ३१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

हाजार्ड,एक आक्रमणकारी मिडफिल्डर वा विङ्गर हुन्,उनले १७वर्षको उमेरमा २००८ मा बेल्जियममा डेब्यू गरे, र ३३ गोल गर्दै १२६ क्याप जित्न सफल भए । बेल्जियम समूह चरणबाटै विश्वकपबाट बाहिरिएपछि उनको यो निर्णय आएको हो ।

हाजार्डले इन्स्टाग्राममा आफ्ना फलोअर्सलाई पठाएको सन्देशमा आफ्नो सन्यासको पुष्टि गरेका हुन्,जसमा लेखिएको छ: “आज एउटा पाना पलटिन्छ… तपाईको मायाको लागि धन्यवाद ।

तपाईंको अतुलनीय सहयोगको लागि धन्यवाद । २००८ देखि साझा गरिएको यो सबै खुशीको लागि धन्यवाद । मैले आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्त्य गर्ने निर्णय गरेको छु, उत्तराधिकार तयार छ, तिम्रो अभाव मलाई खट्किनेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja