नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आधारभूत काम सुरु गरेको छ ।
निगमले विमानस्थलबाट मलेसिया र कतारका लागि अन्तर्राष्ट्रिय उडानको तयारी सुरु गरेको छ ।
निगमका प्रवक्ता अर्चना खड्काले बताए अनुसार निगमले मलेसिया र कतार र भारत, बर्मा, बंगलादेश र थाइल्याण्डलगायतका मुलुकबाट ओभरफ्लाईगका लागि अनुमति लिने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।
उनका अनुसार निगमले पहिले काठमाडौंबाट दुवै देशका लागि उडान गर्ने र फर्कने क्रममा भैरहवा हुँदै काठमाडौं अवतरण गर्नेछ ।
निगमका अध्यक्ष युवराज अधिकारीले एक सातामा मलेसिया र कतारमा दुई दुई उडान गर्ने योजना निगमले राखेको जानकारी दिए । आगामी दिनमा माग बढे अनुसार उडान संख्या बढाउन सकिने उनले बताएका छन् ।
निगमले पुस १९ गते भैरहवास्थित विमानस्थलमा टचडाउन उडान गरी दुई गन्तव्यमा व्यावसायिक उडान सुरु गर्ने भएको छ ।
हाल भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेज र नेपालको हिमालय एयरलाइन्सले व्यावसायिक उडान सुरु गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्