पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडानको प्रतिवेदन शुक्रबार सार्वजनिक हुने भएको छ । एरो थाईको टोलीले नोभेम्बर २१ देखि २७ सम्म मेकानिकल परीक्षण उडान (क्यालिब्रेसन उडान) गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले परीक्षणको रिपोर्ट शुक्रबार आउने जानकारी प्राप्त भएको बताए । प्रतिवेदन आएलगत्तै रुट तय गरी विमानस्थललाई व्यावसायिक उडानका लागि खुला गरिने उनले बताए ।
क्यालिब्रेसन उडानहरू एयरपोर्टमा जडान गरिएको नेभिगेसन (सञ्चार उपकरण र निगरानी जडान) ठीकसँग काम गरिरहेको छ कि छैन भनेर जाँच गर्नका लागि हो ।
एरो थाईको टोलीले विमानस्थलमा जोडिएका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग, बत्ती र सञ्चार उपकरण काम गरिरहेको छ कि छैन भनेर परीक्षण गरेको थियो ।
विमानस्थलमा परीक्षण उडानका लागि नेपाल वायु सेवा निगमलाई पत्र पठाइएको प्रवक्ता निरौलाले जानकारी दिए । साथै कुवेतको जजिरा एयरवेजले पनि परीक्षण उडान गर्न चासो देखाएको उनले बताए ।


















प्रतिक्रिया दिनुहोस्