पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् । प्रधानमन्त्रीसँगै अन्य राजनीतिक दलका शीर्ष नेताहरु पनि पोखरा पुगेका छन् ।
बिहानैदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुने र ११ बजेपछि उद्घाटन कार्यक्रम सुरु हुने भनिए पनि मौसम खराबीका कारण विमानस्थल नखुलेपछि प्रधानमन्त्रीको आगमनमा ढिलाइ भएको थियो । मौसमका कारण विमानस्थल १२ बजे मात्रै खुल्यो । प्रधानमन्त्री दाहाल बुद्ध एयरबाट पोखरा अवतरण गरेका छन् ।
आइतबारदेखि सञ्चालनमा आएको सो विमानस्थलमा सूर्य, बुद्ध, यति र गुण एयरलाइन्सका जहाज अवतरण गरेका छन् । पोखराका हजारौं बासिन्दा अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भेला भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्