सोमपाल कामी २०२२ को अन्त्यमा एकदिवसीयमा दोस्रो सर्वाधिक विकेट लिने बलरको रूपमा छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 1, 2023 01-Jan-2023, Sun
1 Min Read
Aa
सोम्पाल कामि

सोमपाल कामी सन् २०२२ को अन्त्यमा एकदिवसीय क्रिकेटको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भएका छन् । सोमपाल कामीले सन् २०२२ मा २० खेलबाट ३५ विकेट लिएका थिए ।

सोमपाल मात्र ओमानका बायाँ हाते तेज गेंदबाज बिलाल खान पछि थिए, जसले १६ खेलमा ४.९० को इकोनोमीका साथ सर्वाधिक ४३ विकेट लिएका थिए ।

सोमपाल कामीले हालै एकदिवसीय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । उनले सन् २०२२ मा १५९.५ ओभर बलिङ गर्दै ४.९८ को इकोनोमीमा ७९७ रन दिए । उनको बलिङको औसत २२.७७ थियो भने स्ट्राइक रेट २७.४ थियो ।

उनको उत्कृष्ट बलिङ प्रदर्शन दुबई क्रिकेट मैदानमा मार्चमा युएई विरुद्ध ४/३९ थियो ।युएईका बासिल हमिद, अमेरिकाका सौरभ नेत्रावलकर र नामिबियाका बर्नार्ड स्कोल्ट्जले सोमपाल कामीलाई पछि पार्दै ३२ विकेट लिए ।

यसैबीच, कप्तान रोहित पौडेल २१ खेलमा ६४२ रन बनाएर नेपालको सर्वाधिक रन बनाउने खेलाडी बनेक छन्, समग्रमा १४औँ उच्च ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja