आगामी फाल्गुनदेखि लुम्बिनीको केबलकार सञ्चालनमा आउने

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 13, 2023 13-Jan-2023, Fri
1 Min Read
Aa
लुम्बिनी केवल कार

रुपन्देहीको बामघाटदेखि पाल्पाको वसन्तपुर डाँडा जोड्ने लुम्बिनीको केबलकार आगामी फाल्गुनदेखि सञ्चालनमा आउने भएको छ ।

लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माणाधीन केबुलकारकेबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको हुनाले फाल्गुन देखि सञ्चालनमा आउने बताए ।

केबुलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब चार सय मिटर पहुँच सडक निर्माणको काम सकिएको ढकालले बताए । उनले तल्लो स्टेसनको सबस्ट्रक्चरको काम लगभग पूरा भएको र सुपर स्ट्रक्चर र साइट विकासको काम भइरहेको बताए । उनले नौ टावरमध्ये आठ टावर निर्माणको काम सकिएको र बाँकी टावरको काम तीव्र गतिमा भइरहेको बताए ।

उनका अनुसार माथिल्लो स्टेसनमा सबस्ट्रक्चरको काम अन्तिम चरणमा छ भने केबुलकारका उपकरण र पार्टपुर्जा आयात गर्ने काम भइरहेको छ ।

वसन्तपुर डाँडामा होटल, मनोरञ्जन पार्क, मन्दिरलगायतका संरचना निर्माण गरिने पनि ढकालले जानकारी दिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja