सीता एयरले बुधबारदेखि ताप्लेजुङ–भद्रपुर उडान भर्ने भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 17, 2023 17-Jan-2023, Tue
1 Min Read
Aa
sita air suketar

ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो ।

सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुई पटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए ।

उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौंका लागि दुईपटक उडान हुनेछ ।

यस्तै हप्ताको चारपटक काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja