आत्महत्या गर्नु आफैमाथि अन्याय गर्नु हो : हरि बंश आचार्य

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 25, 2023 25-Jan-2023, Wed
1 Min Read
Aa
प्रेम प्र आचार्य

नेपालका चर्चित हास्य कलाकार हरि बंश आचार्यले संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गरेकोमा उनले भनेका छन् “आत्महत्या गर्नु आफैमाथि अन्याय गर्नु हो ।”

उनले सामाजिक संजालमा लेखेका छन्, “संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नु देशमा भएको चरम लापरवाही, आफ्ना नागरिकप्रति सरकारको जिम्मेवारबिहिन ब्यबहार, सबै ठाउँमा मक्किएको मानवता तथा राज्य संचालकको कारण जनतामा छाएको नैराश्यताको क्रुर सन्देश पनि हो ।”

उनले अझ थपेका छन्, “अबपनि आफ्नो मात्र स्वार्थ नछोडे कहिले छोड्ने ? खसी काटेर मासुको भाग लगाएजस्तै कति पद र शक्तिको भाग लगाउने ? नेताहरुले आफ्नो स्वार्थ कहिले छोड्ने ? हामी सबैलाई चेतना होस् । हार्दिक श्रद्धान्जली प्रेमप्रसाद आचार्यप्रति !”

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja