त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एक क्यानाडाली नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन भन्सार कार्यालयको टोलीले दुबई (युनाइटेड अरब इमिरेट्स)बाट सुनसहित नेपाल आएका ३५ वर्षीय क्यानेडियन नागरिक मोहम्मद कमल महगोबलाई गएराति चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
त्रिभुवन भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार महगोब फ्लाईदुबईको उडानबाट काठमाडौं आएर बुधबार राति पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए ।
उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कार्यालयमा बुझाइएको छ ।


















प्रतिक्रिया दिनुहोस्