नेपाल एयर्लाइन्स विमानमा पुरुष यात्रुलाई महिलाको रुपमा यात्रा

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 22, 2023 22-Mar-2023, Wed
1 Min Read
Aa
nepal airlines

पुरुष यात्रुलाई महिलाको रुपमा ताप्लेजुङ देखि काठमाडौं यात्रा गराएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका विमान चालक दलका सदस्यलाई निलम्बन गरेको छ ।

जानकारी अनुसार सोमबार ताप्लेजुंगबाट काठमाडौँ उडान भरेको निगमको एन एबिटी विमान लोड सिटमा भन्दा १ सय ५ केजी बडी सामान बोकेको पाइएपछि चालक दल सहित ७ जनालाई निलम्बन गरिएको छ ।

उक्त विमनले क्षमता भन्दा बढी समान बोकेको र पुरुष यात्रुलाई महिलाको रुपमा उडान भरेको पाइएपछि कारवाही गरिएको जानकारी प्राप्त भएको छ ।

स्रोतका अनुसार चालक दलका तीनजना, निगमको मर्केतिङ्ग कर्मचारी र डिपार्चर सहित सातजनालाई निलम्बन गरिएको हो । थप जानकारी अनुसार उक्त घटना बारे आवश्यक छानबिन गरिने भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja