नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत चैत ११ गते आकाशमा नेपाल वायुसेवा निगमको विमान र एयर इन्डियाको विमान एकआपसमा ठोक्किएर दुर्घटना हुन सक्ने भन्दै हवाई ट्राफिक नियन्त्रक विभागका दुई कर्मचारीलाई कारबाही गरेको छ ।
त्यसबेला कन्ट्रोल रुममा रहेका दुई अधिकारीलाई क्यानले तत्काल निष्क्रिय रहन निर्देशन दिएको छ । ती कर्मचारीको नाम भने खुलाइएको छैन ।
शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको निगमको विमान र नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डियाको विमान झण्डै एकआपसमा ठोक्किएको हो ।
१९ हजार फिटको उचाइमा रहेको एयर इन्डियाको विमान अचानक १५ हजार फिट तल ओर्लँदा नजिकै रहेको नेपाल एयरलाइन्सको विमानसँग झन्डै ठोक्किएको थियो । नेपाल एयरलाइन्सको विमान पनि ७ हजार मिटर तल खसेपछि ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।
नेपाल एयरलाइन्सको विमान १५ हजार फिटको उचाइमा झुन्डिरहेको बेला एयर इन्डियाको विमान अचानक १५ हजार फिटमा खसेको थियो । नेपाल एयरलाइन्सको विमान विमानस्थलको तल्लो भागमा र एयर इन्डियाको जहाज माथिल्लो भागमा अवतरण गरेको थियो ।


















प्रतिक्रिया दिनुहोस्