सगरमाथा आरोहण गर्ने तिनजना शेर्पा आरोही बेपत्ता

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 12, 2023 12-Apr-2023, Wed
1 Min Read
Aa
climbing everest

सगरमाथा आरोहण गर्ने तिनजना शेर्पा आरोही हराएका छन् । पर्यटक विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बुधबार बिहान साढे ९ बजे देखि बेपत्ता भएका छन् ।

स्रोतका अनुसार हराइरहेको आरोहीको नाम भने दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेको छ । जानकारी अनुसार उनीहरु बेस क्याम र क्याम वानको बिचमा बेपत्ता भएका हुन् ।

स्रोतका अनुसार अहिले सिम्रिक एयरमार्फत उनीहरुको खोजि कार्य भैरहेको छ । उनीहरुको खोजि कार्यका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ ।

अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने तथा अतिआवशक समान लैजाने कम भैरहेको छ । सोहि कामको लागि ति शेर्पापनि आफ्नो कम्पनीका व्यवसाहिक आरोहीको समान ओसारपोसारमा खटिएका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja