म्यानमार देखि गौतमबुद्ध अन्तराष्ट्रीय विमानस्थल सम्म सिधा हवाई सेवा संचालन हुने

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 20, 2023 20-Apr-2023, Thu
1 Min Read
Aa
गौतम बुद्ध अन्तरास्ट्रिय विमानस्थल

नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी याङ्गगुनबाट भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रीय विमानस्थल सम्म सिधा हवाई सेवा संचालन गर्न बौद्ध राष्ट्र म्यान्मारबाट सिधा उडान गर्ने अपेक्षा सहित मंगलबार छलफल कार्यक्रम भएको छ । यसले देशको पर्यटन प्रवर्धनमा टेवा पुग्ने छ ।

मंगलबार नेपालकालागि म्यानमारका राजदुत र म्यानमारको लागि नेपाली राजदुतलगायत सरोकार वालासंग नेपाल पर्यटन बोर्डले उच्चस्थरिय छलफल गरेको थियो ।

उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च पदस्थ अधिकारी, लुम्बिनी विकाश कोषका अधिकारी र म्यानमारका राष्ट्रिय वायुसेवा निगमका कार्यकारी प्रमुख समेत सहभागी थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja