नेपालले बुधबार युएई एलाई पराजित गर्दै इमर्जिङ टिम एसिया कपमा सान्त्वनादायी जित हात पारेको छ ।
टस जितेर नेपालले युएई ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको थियो । युएई ‘ए’ टोलीले सावधानीपूर्वक सुरुवात गरे पनि नेपाली बलर कुशल भुर्तेलले ६ विकेट लिए । युएई ‘ए’ १५७ रनमा अलआउट भए ।
जवाफमा भुर्तेलले ब्याटिङमा हावी गरे । पहिलो बलमा ओपनिङ ब्याट्सम्यान अर्जुन साउद गुमाए पनि उनले युएई ‘ए’का बलरमाथि आक्रमण गर्दै ४३ बलमा ७१ रन बनाएर नेपाललाई उत्कृष्ट सुरुवात गराए । नेपालले तीन विकेटले खेल जित्न सफल भयो ।
यो जितसँगै नेपाल समूहको तेस्रो स्थानमा रहँदै पाकिस्तान ‘ए’ र भारत ‘ए’सँग पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको छ ।


















प्रतिक्रिया दिनुहोस्