राष्ट्रिय स्वतन्त्र पार्टी प्रबास विभाग यु के ले गत बिहिबार बेलायतको प्लम स्टीड लण्डनमा एक कार्यक्रम आयोजना गरि, साउथ इस्ट लन्डन प्रबास क्षेत्रिय समिति गठन गरेको छ।
बेलायत भ्रमणमा रहेकी रास्वापा नेत्री एबम सासद सोबिता गौतम को प्रमुख आतिथ्यमा एबम रास्वपा बेलायत प्रबास बिभाग प्रमुख पवन शर्मा को उपस्थितिमा सम्पन कार्यक्रमले युवा एबम सामाजिक अभियन्ता, जेन्स युकेका सक्रिय सदस्य साथै जेन्स टेक्नोलोजी युकेका डाइरेक्टर राम थापा को सभापतित्वमा निम्न अनुसारको साउथ इस्ट लन्डन प्रबास क्षेत्रिय कार्यसमितिको घोषणा भएको छ।

नवगठित कार्य समिति:
सभापति: राम बहादुर थापा
उपसभापति: युक्त चालिसे
सचिब: अमर गुरुङ
सह सचिब: सुनिल रावत:
कोषाध्यक्ष: कुमार गुरुङ
सहकोषाध्यक्ष:सुनिल बसेल
सदस्यहरु:
गंगा भण्डारी, निर्मल थापा, सीता ढकाल, जीत चौधरी र सुन्दर लामा रहनु भएको छ ।
कार्यक्रममा प्रबास बिभाग प्रमुख का अनुसार बेलायतमा यो संगै रास्वापा को चौथो क्षेत्रिय समिति गठन भै सकेको जानकारी दिनु भएको छ। येसैगरि प्रखर बक्ता, रास्वापा नेता एबम सामसद सबिता गौतमले प्रबाश समिति हरुले नेपाल र प्रबाश मा रहनु हुने नेपाली हरु बीच रास्वपको बिचार हरु मार्फत सबैलाई जोड्ने महत्वपुर्ण भूमिका निर्बाह गर्न अनुरोध गर्नु भएको छ।


















प्रतिक्रिया दिनुहोस्