कौलालम्पुरको सेलाङ्गोर टर्फ क्लबमा आज भएको खेलमा नेपाली महिला क्रिकेट टोलीले बहराइनमाथि सहज जित हात पारेको छ ।
आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेल बहराइनसँग खेल्दैछ ।
बहराइनले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपाली टोलीले १५.४ ओभरमा बहराइनलाई ३१ रनमा सीमित गरेको थियो ।
३२ रनको लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमा बिना विकेट गुमाएर ३२ रनको लक्ष्य पुरा गरेको थियो । कविता कुँवरले १४ बलमा १७ रन र सीता राना मगरले ३ बलमा २ रन बनाइन् ।
बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले २० बलमा ११ रन बनाइन् भने अन्य एकल अंकमा सीमित रहिन् ।
खेलको प्लेयर अफ द म्याच नेपालकी इन्दु बर्मा घोषित भइन् । खेलमा उनले ३ विकेट लिएकी थिइन् ।
नेपाली महिला टोलीले आगामी सेप्टेम्बर ३ मा भुटानसँग खेल्नेछ ।


















प्रतिक्रिया दिनुहोस्