२०२३ एसियाली खेलकुद: क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 2, 2023 02-Oct-2023, Mon
1 Min Read
Aa
nepali cricket team

एसियाली खेलकुदको क्वार्टरफाइनलमा नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो पहिलो भेट भारतसँग हुनेछ ।

खेल मंगलबार बिहान ६ बजेर ४५ मिनेटमा हाङ्जाओमा हुनेछ । अन्य क्वाटरफाइनलमा पाकिस्तानले हङकङ, श्रीलंकाले अफगानिस्तान र बंगलादेशले मलेसियासँग खेल्नेछ ।

आगामी अक्टोबर ५ देखि भारतमा हुने आईसीसी क्रिकेट विश्वकपका लागि सबै टेस्ट राष्ट्रले आफ्नो दोस्रो उत्कृष्ट टोली पठाएका छन् ।

मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै नेपाल एसियाली खेलकुद क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja