एन्सेल विरुद्द दायर रिट निवेदनको आज उच्च अदालत पाटनमा सुनुवाई सुरु भएको छ । न्यायाधिश पुरुषोत्तमप्रशाद ढकालको एकल इजलासले मुद्दाको सुनुवाई सुरु गरेको हो ।
एन्सेलका पुर्व स्विडेनी लगानीकर्ता तेलिया सोनेराले नेपाल छाडेपछि सरकारलाई छुट्याएको रू ५३ अर्ब २० करोडको पुँजीगत लाभकर बाँडफाड गरेको भन्दै एक्जिएटा र स्थानीय संचालक तथा व्यवस्थापक विरुद्द बुधबार उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।
एन्सेलको हालको लगानीकर्ता एक्जिएटा र स्थानीय संचालक साझेदार मानिने सुनिभेरा क्यापिटल भेन्चर्सका संचालक तथा प्रबन्धकविरुद्द मुद्दा दायर भएको छ । उक्त सम्झौतामा विदेशी मुद्र हिनामिना र सम्पत्ति शुद्धिकरण भएको रिट निवेदकले दाबी गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्