जनमत पार्टीका अध्यक्ष सिके राउत सहित ३० जना पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 1, 2024 01-Jan-2024, Mon
1 Min Read
Aa
सिके राउत

माइतिघर मण्डलामा ‘जनवरी १’ गते धोति दिवस मनाइदै गरेको भेलामा प्रहरीले हस्तक्षेप गरेको छ । माइतिघर मण्डलामा भेला भएका मधेसी समुदायका सदस्यहरु सेतो धोति लगाएर ‘धोति दिवस’ घोषणा गरिएको ब्यानर प्रदर्शन गर्दै थिए ।

जानकारी अनुसार सरकारले माइतिघर मण्डलामा प्रदर्शन, जमघट, जुलुस जस्ता गतिविधिमा प्रतिवन्ध लगाएपछि निषेधित क्षेत्रमा प्रदर्शन गर्ने ३० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनमत पार्टीका अध्यक्ष सिके राउत, संघीय संसदका एक सांसद र अन्य रहेको स्रोतले जनाएको छ । धोति दिवसमा सहभागी हुन माइतीघर मण्डला जादै गरेको उनीहरुलाई प्रहरीले बबर महल क्षेत्रमा पक्राउ गरेको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja