अनलाइन टिभी पत्रकार संघ नेपालद्वारा एआइ आचार संहिता सार्वजनिक

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 21, 2025 21-Jul-2025, Mon
1 Min Read
Aa
अनलाइन टिभी पत्रकार संघ नेपाल

अनलाइन पत्रकारिता क्षेत्रमा क्रान्तिकारी मानिने गरी अनलाइन टिभी पत्रकार संघ नेपालले आज काठमाडौँको अनामनगरमा एक भव्य समारोहका बीच “एआइ आचार संहिता २०८२” सार्वजनिक गरेको छ। कृत्रिम बौद्धिक क्षमता (एआइ) को प्रयोगसँगै बढ्दो डिजिटल पत्रकारितामा नैतिकता, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न संघले यो ऐतिहासिक दस्तावेज सार्वजनिक गरेको हो।

कार्यक्रममा अनलाइन पत्रकारितामा एआइको प्रयोगका सम्भावना, चुनौती र आवश्यक सावधानीका विषयमा विज्ञहरूले आफ्ना धारणा राखे।

संघका अनुसार, एआइ आचारसंहिताले निम्न तीन महत्वपूर्ण मापदण्ड समेटेको छ:

  1. पारदर्शिता र जवाफदेहिता — एआइको प्रयोगबाट तयार सामग्रीमा स्रोत र प्रक्रिया स्पष्ट उल्लेख गर्नुपर्नेछ।
  2. नैतिकता र निष्पक्षता — मानव अधिकार, गोपनीयता र सामाजिक सद्भाव जोगाउने आधार तय गरिएको छ।
  3. गलत सूचना नियन्त्रण — विद्वेष फैलाउने, भ्रम सिर्जना गर्ने वा भेदभावपूर्ण सामग्रीविरुद्ध स्पष्ट मापदण्ड तय गरिएको छ।

संघका अध्यक्ष तथा एआइ आचार संहिता संयोजन समितिका प्रमुख जीवन भण्डारीले भने, “हामीले पत्रकारिता क्षेत्रमा एआइको सदुपयोग गर्न पाउने वातावरण बनाउने हेतुले यो आचारसंहिता ल्याएका हौं।”

सार्वजनिक गरिएको आचारसंहिता समय अनुसार परिमार्जन र अद्यावधिक गर्न सकिनेछ भने सरोकारवालाहरूको सुझावलाई समेत समेटिने जनाइएको छ।

यो दस्तावेजले अनलाइन पत्रकारितामा प्रविधिको प्रयोगलाई अझ जिम्मेवार, मर्यादित र भरपर्दो बनाउने दिशामा ऐतिहासिक काम गरेको भन्दै सहभागीहरूले स्वागत गरेका छन्।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja