अलमुताईरी र खेलाडी विवाद : छानबिन समितिले प्रतिवेदन बुझायो

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 18, 2022 18-May-2022, Wed
1 Min Read
Aa

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठित तीन सदस्सीय समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको हो।

समितिका संयोजक राणाले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाए । छानबिन समितिमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका थिए ।

छानबिन समितिले खेलाडी, प्रशिक्षक अलमुताईरी, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव तुलाधर, टिम व्यवस्थापक लगायतसँग सोधपुछ गरेको थियो ।

मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माघ राख्दा प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताउँदै आएका छन् ।

No description available.
Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja